राजनीति

कांग्रेस एउटा घर हो, घरमुली सभापति देउवा हुन्, सभापतिसँग असहमती भएपनि रिसाउनुहुन्नः उपसभापति गुरुगं

१५ पौष, महोत्तरी । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुगंले कांग्रेस एउटा घर हो, पार्टी सभापति शेरबहादुर देउवा घरमुली भएको बताएका छन् ।
उनले महोत्तरी–३ क्षेत्रीय सम्मेलन जलेश्वरमा बोल्दै आदरणीय पार्टी सभापति हाम्रो टिम क्याप्टेन पनि होसमेत भनेका छन् ।

काँग्रेस वरिष्ठ नेता डा शेखर कोईरला पक्षका नेता गुरुगंले टिम क्याप्टेनसँग असहमत हुँदैमा आत्माघाती गोल गर्न हुँदैन भनेका छन् ।

उनले भने, ‘कांग्रेस एउटा घर हो। घर मूली पार्टी सभापति शेरबहादुर देउवा हुनुहुन्छ। आदरणीय पार्टी सभापति हाम्रो टिम क्याप्टेन पनि हो। टिम क्याप्टेनसँग असहमत हुँदैमा आत्माघाती गोल गर्न हुँदैन।’
सहकारी ठगीमा आफू कुनैपनि तरिकाले सहकारी ठगीमा सम्लग्न नरहेको र आवश्यक परे आफूलाई छानविन गर्न चुनौती दिएका गुरुगं भ्रष्टाचार विरोधी अभियानमासमेत सकृय छन् ।