राजनीति

सहकारी ठगीमा जोसुकै भएपनि प्रहरीले पाता कस्नुपर्छः महामन्त्री थापा

१६ पौष, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी गर्ने जोसुकैलाई पनि प्रहरीले पाता कसेर लानुपर्ने बताएका छन् ।

मकवानपुरमा सम्मन्न मेलमिलाप दिवशको अवशरको आजको कार्यक्रममा बोल्दै सहकारीमा बसेर महिनाको १० लाख खानेलाई प्रहरीले हेरेर बस्ने कुरै नआउने महामन्त्री थापाले तर्क गरेका छन् ।


उनले काँग्रेसकै उच्च नेतृत्व होस् वा जोसुकै होस्, आफू नै भएपनि गलत गरेको भए पाता कसेर प्रहरीले कारबाहीका लागि लानुपर्ने तर्क गरेका छन् ।


महामन्त्री थापाले आक्रोशित मुद्रामा भने, ‘ कानुनी शासनमा गलत गर्ने दण्डीत हुने र यसमा कांग्रेसको नेता, पदाधिकारी, कहीकतै अनुसन्धानले देखाउँछ भने पाता कसेर लैजानू ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री रमेश लेखकसँग आफुले भेट्दा गलत गर्नेलाई कडा कारबाही गर्नुपर्ने विचार राखेको दाबी गरेका छन् ।

उनले सहकारी ठगीमा प्रहरीको अनुसंधानबाट अदालतको बयानको क्रममा रहेका रास्वपा सभापति रवि लामिछाने वा अन्य जोकोहीलाई सबै सहकारी ठगीमा संलग्नलाई कारबाही हुनुपर्छ भन्ने देखिन्छ ।