कर्णाली प्रदेश

सर्केगाडका ३३ घरधुरीलाई फाइबर सिरक

४ माघ, हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–१ देखि ८ वडाका ३३ घरधुरीलाई फाइवर सिरक सहयोग गरिएको छ । श्री सत्य साई केन्द्र हुम्लाले विपन्न परिवारलाई सिरक सहयोग गरिएको नेपाली कांग्रेस जिल्ला पार्टी उपसभापति वसन्त रोकायाले बताए ।

सर्केगाडको वडा नं. ८ को राहदेबमा दुई, वडा नं. ७ को रोडिकोडमा आगलागी पीडितलाई १९, वडा नं. ६ बराईमा दुई, वडा नं.र ५ गोठीमा तीन, वडा नं. २ मा दुई, वडा नं. ३ उनापानी दुई, वडा नं.४ मा तीन, वडा नं. ८ मा दुई वटा सिरक वतरण गरिएको हो ।

अतिविपन्न, गरिब, आगलागीपीडितलाई सानो भएपनि सहयोग गरिएको उपसभापति रोकायाले बताए । यस्तै सिमकोट गाउँपालिकामा रहेका आगलागीपीडित, विपन्न, गरिबलाई पनि वितरण गरिने भएको रोकायाले बताए ।