३२ असार, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
४० सदस्यीय प्रदेशसभामा कांग्रेस र नेकपाले संयुक्त रूपमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।
यसअघि बुधबार कांग्रेस कर्णाली सरकारबाट बाहिरिएको थियो । कांग्रेसले सरकार छोडेसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको थियो । सरकार अल्पमतमा परेका बेला बिहीबार अविश्वास प्रस्तावसेमत दर्ता भएको हो ।
४० सदस्यीय प्रदेशसभामा कांग्रेस र नेकपाका १४–१४ गरी २८ सदस्य छन् । एमालेको मात्र १० सिट छ । राप्रपा र स्वतन्त्रको एक एक सिट छ । कांग्रेस र नेकपाबीच सहकार्य भए सरकार गठनका लागि सहजै बहुमत पुग्छ।





