आर्थिक

नेपाल एसबिआई बैंक एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ बाट सम्मानित

१९ फागुन, काठमाडौँ । नेपाल एसबिआई बैंक लि. कर्पोरेट क्लब नेपाल प्रा. लि. द्वारा प्रदान गरिने “वाणिज्य बैंक” विधा तर्फको “एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४” बाट सम्मानित भएको ५ . उक्त प्रतिष्ठित अवार्ड बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा बर्षौ देखि गरेको महत्वपूर्ण योगदानका लागी प्रदान गरिएको हो । बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कूमार तिवारी र प्रमूख संचालन अधिकृत, वकास आनन्दलाई प्रा. डा. फत्त बहादूर केसी, मूख्य निर्णायकले स्टियरिङ कमिटी अफ द अवार्ड फर कर्पोरेड एक्सिलेन्स २०२४ का अध्यक्ष मोहनराज ओझाको उपस्थितिमा सो अवार्ड प्रदान गरेका थिए । उक्त कार्याक्रममा नेपाल सरकारका गृह मन्त्री, माननिय रमेश लेखक समेतको उपस्थिति रहेको थियो ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका 100 शाखा, 22 एक्स्टेन्सन काउन्र, 19 शाखा रहीत बैंकिङ, 7 प्रादेशिक कार्यालय, 125 एटिएम र 1 कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।