२८ फागुन, काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभि, नेक्सन के३ इभि र टाटा टियागो इभि- २०२५ चितवनमा लन्च गरेको छ। चितवनस्थित चितवन गार्डेन रिसोर्टमा बहुप्रतीक्षित गाडीहरु कर्भ इभि, नेक्सन के३ इभि र टाटा टियागो इभि- २०२५ लन्च भएका छन् ।
सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख महाप्रबन्धक सावन्त जंग सिजापती, टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथ सुमन कुमार श्रेष्ठ, FNCCI चितवनका अध्यक्षको प्रमुख आतिथिय रहेको थियो ।
कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिंगका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले भने, “आज टाटा इभिको नंया मोडलहरु चितवनमा लन्च गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं। कर्भ.इभी डिजाइन, प्रिमियम फिल, सेफ्टी फिचर, उत्कृष्ट साउन्ड सिस्टम र सबैभन्दा महत्वपुर्ण नेपाल बाटो घाटोलाई सुहाउने प्रिमियम गाडी भएकोले प्रिमियम एसयूभी लिन खोज्ने ग्राहकहरुको पहिलो रोजाइमा पर्नेमा हामी दुक्क छौ। नेक्सन के३ इभि अझै ठुलो ब्याट्रीमा धेरै रेञ्जमा आएको छ।टियागो इभि २०२५ मोडेल नंया लुक्स, नंया सुविधाहरू तर पुरानै मूल्यमा आएको छ। अब ग्राहकहरुले नेपालको बाटो सुहाउँदो, सुरक्षित टाटाको गाडीहरु आफ्नो बजेट र इच्छा अनुसारले रोज्न सक्नु हुन्छ।”
त्यस्तै सफल मोटर्सका प्रबन्ध निर्देशक गोपाल भट्टराईले टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरु लन्च गर्न पाउँदा हर्सित भएको बताए।
टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले टाटा र सिप्रदी बिक्रिपछिको सेवाको लागि तत्पर लागिरहेको र ग्राहकहरुलाई टाटा मोटर्सको स्टाइलिश, प्रिमियम नंया गाडीहरु ढुक्क भएर लिन आग्रह गरे।
आजबाट चितवनको ग्राहकहरुले सफल मोटर्सको शोरुममा गएर लन्च भएको नंया गाडीहरु कर्भ इभि, नेक्सन के३ इभि र टाटा टियागो इभिको टेस्ट ड्राइभ गर्न सक्नेछन्।