२८ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै एक सूचना जारी गर्दै “क” “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई राजस्व संकलनको व्यवस्था गर्न निर्देशन दिएको छ।
आन्तरिक राजस्व विभागको अनुसार फागुन २९ गते सार्वजनिक बिदा परे पनि सो दिन राजस्व संकलनको लागि बैंक तथा वित्तीय संस्थाहरू खुला राख्न भनिएको छ। यस निर्णयले करदाताहरूलाई राजस्व बुझाउन आवश्यक सुविधा दिने उद्देश्य राखेको छ।
बिज्ञप्ति :
