१ चैत, काठमाडौँ । रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाईएको छ । हिमाली एवं पहाडी जिल्लामा होली फागुपूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाईएको हो।

आज नवलपरासी बर्दघाट सुस्तापूर्व, नवलपरासी बर्दघाट सुस्तापश्चिम, चितवन, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाएको छ ।












