राजनीति

 पीके क्याम्पसमा शेखर–गगन समूहकी सभापति, सचिव कोषाध्यक्षसहित भुवनेश्वरी प्यानल बिद्रोही उम्मेद्वार भारी मतले विजयी

८ चैत, काठमाडौँ । पद्मकन्या क्याम्पसमा नेपाल विद्यार्थी सङ्घकी विद्रोही उम्मेदवार भूपी ऐर प्यानलै विजयी भएकी छन् ।

७३० मत ल्याएर विजयी भएकी भुवनेश्वरी एरो तुलनामा ज्यादै कम मत वा ३७९ मत संस्थापन पक्ष वा पूर्णीमाया परियारले पाइन् ।    वरिष्ठ नेता डा कोइराला–गगन थापा समूहकी ऐरले अत्याधीक मतले विजयी हाँशिल गरेकी छन् । 

सन्ध्या बस्याल र संकल्पीका थापाले पनि भूपीकै समूहबाट भारी मतका साथ विजयी हाँशिल गरेका छन् ।

पद्मकन्या क्याम्पसको स्ववियू निर्वाचनको मत परिणाम सदस्यहरूमा उर्वशी पाण्डे, चेतना नहर्की, अस्मिता विक, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की र यानसु कटुवाल विजयी भएका छन् । 

संस्थापन पक्षले राम्रो उम्मेदवारलाई उपेक्षा गर्दा विद्रोही उम्मेदवारले विजयी हाँशिल गर्नु लज्जास्पद हुने नेविसंघका नेताहरू बताउँछन् ।