समाचार

त्रिभूवन विश्वबिद्यालयका उपप्राध्यापक चलाउने कुटपीट प्रकरणः अदालतद्वारा दोषी ठहर्याएका नेविसंघका नेता रावल पक्राउ

१० चैत, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिटमा संलग्न योगेन्द्र रावल पक्राउ परेका छन् । रावललाई प्रहरीले कीर्तिपुरबाट पक्राउ गरेको हो।

सीआईबीको टोलीले उनलाई नियन्त्रणमा लिएर अदालतसमक्ष पेश गरेको थियो । उनलाई डिल्लीबजार कारागार पठाइएको छ। त्रिभूवन विश्वबिद्यालयका उपप्राध्यापक चलाउने कुटपीट प्रकरणमा अदालतमा परेको मुद्धाको फैसलाअनुसार रावललाई पक्राउ गरी डिल्लिबजार कारागार चलान गरिएको हो । उनी नेपाल विद्यार्थी संघका नेता हुन्।