१३ चैत, काठमाडौँ । राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। उनी हाल राष्ट्रिय योजना आयोगका सदस्यका रूपमा कार्यरत छन्।
श्रेष्ठ गभर्नर पदका आकांक्षी मानिएकाले उनको राजीनामा अर्थपूर्ण मानिएको छ। यसैबीच, उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको संयोजकत्वमा गभर्नर सिफारिस समिति सक्रिय रहेको छ।





