१३ चैत, काठमाडौँ । भर्खरै सम्पन्न समाजवादी मोर्चाको बैठकले चैत १५ गते काठमाडौँको भृकुटीमण्डपमा हुने विरोध प्रदर्शनमा जाने रुट निर्धारण गरेको छ। मोर्चाले उक्त सभामा हजारौँको सङ्ख्यामा मानिसहरू उतार्ने समेत बाएको छ।
आज बसेको समाजवादी मोर्चाको १२ औँ केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय लिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
उक्त सभामा लगभग डेढ लाख मान्छे उपस्थित हुने अपेक्षा राखिएको प्रवक्ता विश्वकर्माको भनाइ छ।
मोर्चाले जुलुसलाई व्यवस्थित गर्न विभिन्न रुटहरू तय भएको जनाएको छ।
रुट–१ : कोटेश्वर–नयाँ बानेश्वेर–माइतीघर– भृकुटीमण्डप
रुट–२ : कुपन्डोल–त्रिपुरेश्वर–सुनधारा–शान्तिबाटिका– भृकुटीमण्डप
रुट–३ : नागपोखरी–पुतलीसडक–भृकुटीमण्डप





