समाचार

प्राधिकरण कार्यकारी निर्देशक शाक्यले गरे पहिलो बोर्डको निर्णय- गरिब उपभोक्तालाई ५० प्रतिशत छुट

१३ चैत, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्नो वित्तीय अवस्था, नाफा-नोक्सान र बक्यौता सम्बन्धी यथार्थ सार्वजनिक गर्न श्वेतपत्र जारी गर्ने भएको छ।

त्यस्तै, सरकारले ल्याएको २८,५०० मेगावाट विद्युत् उत्पादनको लक्ष्यलाई सहयोग गर्न रोकिएको विद्युत खरिद सम्झौता (पीपीए) खोल्ने निर्णय गरिएको छ।

औद्योगिक क्षेत्रको लोडसेडिङ हटाउन पहल गर्ने र ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब उपभोक्तालाई ५०% छुट दिने निर्णय पनि गरिएको छ।