समाचार

‘उज्यालो नायक’ हटाउने सरकार विरुद्ध टुकी बालेर ललितपुर महानगर अगाडि आन्दोलन !

१४ चैत, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरिएको विरोधमा बिहीबार साँझ नागरिकहरू टुकी बालेर सडकमा उत्रिएका छन् ।

ललितपुर महानगरपालिका अगाडि स्वतन्त्र रूपमा भेला भएका प्रदर्शनकारीहरूले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै विरोध जनाएका हुन्।

‘उज्यालो नायक कुलमान जिन्दावाद’, ‘भ्रष्ट सरकार मुर्दावाद’, ‘अन्धकारमा राख्न पाइँदैन’, ‘प्राधिकरण मास्न पाइँदैन’ जस्ता नारा लगाउँदै उनीहरूले टुकी र प्लेकार्डसहित प्रदर्शन गरेका थिए।