१५ चैत, काठमाडौँ । कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा प्रदर्शनकारीहरूले तोडफोड र लुटपाट गरेका छन्। राजावादी समूहको प्रदर्शनको बिथोलिएकोपछि, तितरवितर भएको समूहले सुरक्षागार्डसँग हातपात गर्दै भाटभटेनी सुपरस्टोरको आन्तरिक क्षेत्रमा प्रवेश गरेका हुन् ।
प्रदर्शनकारी समूहले सुपरस्टोरमा रहेका सामानहरू लुटेर बाहिर निकालेका छन् र त्यहाँ आगजनी पनि गरेका छन्। तसर्थ, सुपरस्टोरको भवनमा ठूलो क्षति भएको छ, विशेषगरी सिसा फुटेका छन् ।
प्रदर्शनकारीहरूले कोटेश्वरका गल्लीहरूमा हिँड्दै माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडातर्फ पनि अगाडि बढेका छन्।