१५ चैत, काठमाडौं । राजावादी प्रदर्शनका क्रममा हिंसा भड्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज राति ८ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने छ ।
सरकारका एक मन्त्रीका अनुसार पछिल्ला घटनाक्रमलाई मध्यनजर गर्दै प्रधानमन्त्रीले तत्काल मन्त्रिपरिषद्को छलफल आवश्यक देखेका हुन् । बिहीबार तीनकुनेमा राजावादी समूहको प्रदर्शन प्रहरीसँगको झडपपछि हिंसात्मक बनेको थियो ।





