राजनीति

अध्यक्ष थापाको बालनेसँग आक्राेशित: चैत १५ गतेको आन्दोलनको आयोजक राज ज्ञानेन्द्र होइनन्, सिडिओ कार्यालयको रेकर्ड हेर्नुस्

१६ चैत, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजा ज्ञानेन्द्रलाई तीनकुनेको हिजोको आन्दोलनमा भएको फोहोरको जरिवाना स्वरूप ८ वटा शीर्षकमा ७ लाख ९३ हजार पठाएपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा आक्रोशित बनेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै कार्यक्रमको आयोजना गर्ने भनेर कुनै अर्को संस्थाले जिल्ला प्रशासन कार्यालयमा स्वीकृति लिएको उदाहरण हेर्न अनुरोध गर्दै पत्र फिर्ता लिन बुद्धिमानी हुने भनेका छन् ।
आज ८ वटा विभिन्न शीर्षकमा राजा ज्ञानेन्द्रका नाममा बालेन शाहले ७ लाख ९३ हजारको बिल पठाएपछि राप्रपा नेपालका अध्यक्ष थापा कडा रूपमा काठमाडौँका मेयर शाह विरुद्धमा उत्रिएका हुन् ।

उनको भनाई जस्ताको तस्तै:

तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय हास्यास्पद छ। ‘गलत ठेगानामा पठाइएको पत्र’ जस्तो ‘स्टण्ट’ भयो।
मेयर बालेन साहबाट यस्तो त्रुटि कसरी भयो होला, म अलमलमा छु।
संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्वीकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न महानगरपालिकालाई आग्रह छ।
पत्रको भाषा पनि अशिष्ट र अमर्यादित छ । राजाको कुरा छोडिदिऊँ, उहाँ पूर्व राष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का राख्नु पर्ने थियो।
पत्र फिर्ता लिनु बुद्धिमानी हुनेछ।

निर्मल निवासलाई बालेनले काटे ७ लाख ९३ हजारको जरिवाना पत्र