१७ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको गणतन्त्र पक्षधर दलहरूको बैठक सिंहदरबारमा सुरु भएको छ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राजावादी समूहको हिंसात्मक प्रदर्शन, र संसद अवरोधबारे छलफल हुने स्रोतले जनाएको छ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अनुपस्थित रहेका छन्।





