१८ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजदूत तथा वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
प्रधानमन्त्री ओली आज आलोकनगरस्थित नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको पार्टी कार्यालय पुगे कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। नेकपा एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालयमा कोइरालाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो सदस्य रहेका कोइरालाको आइतबार राति ८७ वर्षको उमेरमा राति निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । पत्रकार, लेखक तथा कूटनीतिज्ञसमेत रहेका कोइरालाको पक्षघात भएपछि उपचारका क्रममा अस्पताल निधन भएको थियो ।





