समाचार

पूर्वराजावादीको तोडफोडपछि प्रधानमन्त्री ओलीद्वारा समाजवादीको कार्यालय भ्रमण

१८ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोकनगरस्थित नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कार्यालय अवलोकन गरेका छन् ।

गत शुक्रबार पूर्वराजावादीले तोडफोडबाट क्षतिग्रस्त भएको एकीकृत समाजवादीको कार्यालयमा पुगेर आज उनले कार्यालय अवलोकन तथा क्षतिबारे जानकारी लिए।

सोही क्रममा प्रधानमन्त्री ओलीसँगै एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायत नेता थिए ।