समाचार

सुनसरीको वसन्तपुरमा भीषण आगलागी

१९ चैत, काठमाडौँ । सुनसरीको हरिनगर गाउँपालिका–५, वसन्तपुरमा आगलागी हुँदा ९ परिवारका २६ घरटहरा जलेर नष्ट भएका छन्।

आज दिउँसो ३ बजे सबिर मियाको भान्साबाट सल्किएको आगो तीव्र रूपमा फैलिएको थियो। नियन्त्रणका लागि इनरुवा, हरिनगर, दुहबी र इटहरीबाट दमकल खटिएर साढे १ घण्टापछि आगो निभाइएको थियो।

मानवीय क्षति नभए पनि लत्ताकपडा, नगद, गरगहना र खाद्यान्न पूर्ण रूपमा नष्ट भएको छ। थप क्षति रोक्न ३ वटा घरटहरा भत्काइएको स्थानीय प्रशासनले जनाएको छ।