समाचार

पूर्व डीआईजी छविलाल जोशीलाई थुनामा पठाउन उच्च अदालतको आदेश

२२ चैत, काठमाडौँ । पूर्व डीआईजी छविलाल जोशीलाई उच्च अदालत तुलसीपुरको बुटबल इजलासले थुनामा पठाउने आदेश दिएको छ।

न्यायाधीश रमेश ढकाल र स्विकृती पराजुलीको इजलासले जिल्ला अदालत रुपन्देहीको आदेशलाई सदर गर्दै छविलाई थुनामा राख्न आदेश जारी गरेको हो।

यसअघि जिल्ला अदालत रुपन्देहीले छविलाल जोशीलाई थुनामा पठाउने आदेश दिइसकेको थियो, जसलाई अब उच्च अदालतले अनुमोदन गरेको हो।