समाचार

रबि थुनामा गएपनि चितवनको कार्यक्रम यथावत राख्ने रास्वपाको निर्णय

२२ चैत, काठमाडौँ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थुनामा पठाउन आदेश दिएपछि पार्टीभित्र रणनीतिक छलफल सुरू भएको छ।

शुक्रबारको अदालती आदेशसँगै चितवनमा तय गरिएको भोलिको ‘जनयात्रा उद्घाटन’ कार्यक्रमको भविष्यमाथि प्रश्न उठेको भए पनि, रास्वपा चितवन स्रोतले कार्यक्रम यथावत् हुने जनाएको छ।

उक्त कार्यक्रम शनिबार दिउँसो २ बजे भरतपुर–१० को गेष्ट हाउस चौरमा तय गरिएको छ। लामिछानेले कार्यक्रममार्फत धेरै कुरा सार्वजनिक गर्ने बताएका थिए। अब भने उनको अनुपस्थितिमा कार्यक्रम कसरी अघि बढ्छ भन्नेमा चासो बढेको छ।