२३ चैत, काठमाडौँ । गएराती आफ्नै निवासबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिएको छ ।उनलाई प्रहरीले यती एयरलाइन्सको विमानमार्फत भैरहवा लगेको हो ।
पक्राउ पछि लामिछानेलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौँकै हिरासतमा राखिएको थियो भने आज बिहानै उनलाई भैरहवा लगिएको हो।
लामिछानेलाई दाङ तुलसीपुर उच्च अदालतको बुटवल इजलासले हिजो अबेर थुनामा पठाउन आदेश दिएपछि राति प्रहरीले बुढानीलकण्ठस्थित निवासबाटै उनलाई नियन्त्रणमा लिएको थियो ।