समाचार

राप्रपाको बल्खु सभामा २ हजार प्रहरी खटिने- ड्रोनदेखि बडीक्यामेरासम्म प्रयोग

२५ चैत, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मंगलबार काठमाडौंको बल्खुमा संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाको माग गर्दै सभा गर्ने भएको छ। उपत्यका बाहिरबाट समेत ठूलो संख्यामा सहभागी आउने दाबी गरिएको छ।

सभालाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसहित तीन सुरक्षा निकाय परिचालित हुनेछन्। प्रहरीको तर्फबाट करिब २ हजार सुरक्षाकर्मी खटिने स्रोतले जानकारी दिएको छ ।

निगरानीका लागि सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोन प्रयोग गरिनेछ। उच्छृङ्खल गतिविधिमा संलग्न हुनेमाथि कडाइका साथ निगरानी र कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ।