२६ चैत, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी प्रमुख दीपक थापा एमालेको भ्रातृ सङ्गठन युवा सङ्घको सहअध्यक्ष भएको आरोप लगाएका छन्। आज मङ्गलवार काठमाडौँको बल्खुमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै लिङ्देनले प्रहरी प्रमुख थापा माथि गम्भीर आरोप लगाएका हुन्।
उनले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा प्रहरीले गरेको दमन प्रति आक्रोश व्यक्त गरेका हुन्। उनले उक्त कार्यक्रममा राज्य आतङ्क भएको आरोप लगाए। कार्यक्रमलाई बिथोल्न हानिएको अश्रुग्यास मिति सकियो देख्दा देख्दै प्रहरी प्रमुखले झुट बोलेको बताए। तीनकुनेको घटनाको जिम्मेवारी गृहमन्त्रीले लिनु पर्ने उनको भनाइ थियो।
उनले भने ‘त्यो प्रहरीको नाइके प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछन्।’ उनले प्रहरी प्रमुखलाई एमालेको प्रतिनिधि प्रहरी प्रमुख भन्दै सम्बोधन गरेका थिए। आइजिपी थापाले प्रहरीले हानेको अश्रुग्यास कसरी डेट एक्सपायर हुन्छ?’ भनेर जवाफ दिएको प्रति आपत्ति जनाए। उनले भने,’प्रहरी प्रहरी भएर बस्नुपर्छ दलका भ्रातृ सङ्गठन भएर बस्नु हुँदैन। प्रहरी प्रहरी भएर बसोस् फेरि पनि भन्छु।’
निकै आक्रामक रूपमा प्रस्तुत भएका लिङ्देनले मानव अधिकारकर्मीको भूमिका प्रति पनि असन्तुष्टि जनाए। उनले प्रदर्शनकारीले एउटा लौरो बोकेको देखाउन चुनौती दिए।