२६ चैत, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो लागु औषध गाँजासहित थाइल्याण्डकी एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा २७ वर्षीया मिस कनोकवान पोंगसुवान रहेको प्रहरीले जनाएको छ।
उनी थाई एअरको विमान मार्फत नेपाल आएकी बुझिएको छ । भन्सार एरियाबाट छ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको हो।
उनको थप अनुसन्धान भइरहेको छ।
केही दिन अघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै नौ किलो गाँजासहित एक विदेशी नागरिक पनि पक्राउ परेका थिए।
केही दिनको अन्तरालमा नेपाल आउने विदेशी नागरिकहरू लागु औषध सहित नेपाल भित्रिने गरेको देखिएको छ।