समाचार

दुर्गा प्रसाईँलाई बुद्ध एअरको जहाज मार्फत काठमाडौँ ल्याइँदै, केहीबेरमा अवतरण हुने

२९ चैत, काठमाडौँ । पक्राउ परेका राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईँलाई काठमाडौँ ल्याइँदै छ।  उनलाई आज झापाको काँकडभिट्टाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।  उनी सँगै उनका सुरक्षा गार्ड दीपक खड्का पनि पक्राउ परेका छन्। 

उनलाई बुद्ध एअरको जहाज मार्फत साढे ११ बजे काठमाडौँ ल्याउने बताइएको छ।  प्रसाईँले गए राती भारतको आसाममा भारतीय प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए। 

प्रसाईँलाई झापा ल्याएर केही बेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो। उनलाई नेपाल प्रहरीको विशेष ब्युरो, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली चैत १५ गते देखि नै खोजी गरेको थियो भने उनले पटक पटक आफू नभागेको भन्दै भिडियो सन्देश मार्फत नेपालमै रहेको जनाउँदै आएका थिए।