समाचार

दुर्गा प्रसाईँलाई हतकडी लगाएर हवाईजहाज चढाइयो 

२९ चैत, काठमाडौँ । नेपाल प्रहरीले आज बिहान नियन्त्रणमा लिएका दुर्गा प्रसाईँलाई हतकडी लगाएर विमानस्थल  लागेको छ। 

उनलाई  झापाको चन्द्रगढी विमानस्थलबाट काठमाडौँ ल्याउने  तयारी भइरहेको बेला हतकडीसहित लगिएको हो। 

अहिले उनलाई बुद्ध एअरको हवाईजहाजमा चढाई सकिएको छ। तीनकुने घटनामा वितण्डा मच्चाएर भागेका प्रसाईँ भारतको आसाममा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। 

उनलाई भारतीय सुरक्षाकर्मीले नेपाल प्रहरीलाई बुझाए पछि नेपाल प्रहरीको विशेष टोलीले आज काठमाडौँ ल्याउन लागेको हो।