समाचार

दुर्गा प्रसाईँलाई काठमाडौँ प्रहरी परिसर लगियो, अदालतबाट आजै म्याद लिने तयारी 

२९ चैत, काठमाडौँ । काठमाडौँको तीनकुने घटनामा मुख्य योजनाकार दुर्गा प्रसाईँलाई काठमाडौँ ल्याइएको छ। उनलाई झापाको भद्रपुर विमानस्थलबाट काठमाडौँ ल्याइएको छ। 

 उनलाई आजै अदालतबाट म्याद लिने तयारी भएको बुझिएको छ। प्रसाईँलाई प्रहरीले हतकडीसहित प्रहरी परिसर काठमाडौँ लागेको हो। 

प्रसाईँ तीनकुनेको हिंसात्मक घटनापछि फरार रहेका थिए। उनी भारत भागेको हुनसक्ने भन्दै प्रहरीको विशेष ब्युरोको टोलीले खोजी कार्य गरिरहेको बेला उनले भारतको आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए। 

उनलाई आज बिहान आसाम प्रहरीले नेपाल प्रहरीलाई बुझाएको थियो। नेपाल प्रहरीको नियन्त्रणमा आएका प्रसाईँलाई केही समय झापाको प्रहरी हिरासतमा राखेर चन्द्रगढी विमानस्थलबाट काठमाडौँ  ल्याइएको हो। उनीसँगै उनका बढी गार्ड दीपक खड्का पनि पक्राउ परेका छन्।