२९ चैत, काठमाडौँ । चैत्र १५ गते तीनकुनेमा भएको घटनापछि देशभर चासो बढिरहेको बेला पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाएर जवाफदेही बनाउनु पर्ने माग उठेको छ।
संसदमा विभिन्न राजनीतिक दलका सांसदहरूले उक्त घटनाबारे स्पष्टता ल्याउनुपर्ने भन्दै पूर्वराजालाई बोलाउने प्रस्ताव अघि सारेका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले घटनाको सम्बन्धमा पूर्वराजाको भूमिकामाथि प्रश्न उठाउँदै जवाफ मागेका हुन्।