समाचार

लामिछानेलाई कारागार पठाउने उच्चको निर्णय विरुद्ध रवि पत्नी निकिताले दिइन सर्वोच्चमा निवेदन 

२९ चैत, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तत्कालीन सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा कारागार चलान गर्ने उच्च अदालत बुटवलको निर्णयविरुद्ध उनकी पत्नी निकिता पौडेलले आज शुक्रवार सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी छन्। 

पौडेल अदालत आफैँ पुगेर रिट दर्ता गराएकी हुन्।  बुटवलको तुलसीपुर इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउने फैसला गरेका थिए। अबेर साँझ फैसला गरे पनि लामिछानेलाई सोही राती पक्राउ गरिएको थियो। 

सर्वोच्चमा दर्ता भएको उक्त निवेदनको फैसला के आउँछ त्यो हेर्न वाकी छ। लामिछाने अहिले रुपन्देही कारागारमा छन्।