समाचार

सरकारसंगको वार्ता निष्कर्षविहीन, दश दिनदेखि शिक्षकहरु अझै सडकमा

२९ चैत, काठमाडौं । नेपाल शिक्षक महासंघको काठमाडौं केन्द्रित आन्दोलन शुक्रबार दसौँ दिनमा प्रवेश गरेको छ।

उनीहरूले माइतीघरदेखि बिजुली बजार पुलसम्मको सडक कब्जा गर्दै प्रदर्शन जारी राखेका छन्। आन्दोलनकारीहरूले सरकारसँग भएका अघिल्ला सहमति कार्यान्वयन गर्न माग गरिरहेका छन्।

बिहीबार सरकार र महासंघबीच भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन बनेपछि आन्दोलन जारी राखिएको हो। महासंघले विद्यालय शिक्षा ऐन तत्काल ल्याउन माग गर्दै विशेष अधिवेशन बोलाउने वा अध्यादेशमार्फत समाधान खोज्नुपर्ने अडान लिएको छ।

महासंघले चैत २० गतेदेखि आन्दोलन सुरु गरेको हो।