२९ चैत, काठमाडौँ । राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईँ र उनका बडीगार्ड दीपक खड्कालाई १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
तीनकुने घटनाका मुख्य आरोपी प्रसाईँ चैत १५ गते देखि फरार रहेका थिए। उनलाई आज बिहान नेपाल-भारत सीमा काँकडभिट्टाबाट नियन्त्रणमा लिएर काठमाडौँ अदालतमा पेस गरिएको थियो।
उनी तीनकुनेमा भएको हिंसात्मक घटनाका कमान्डर हुन्। उनी चैत १५ गतेदेखि नै फरार थिए।