समाचार

सांसद दिपक बोहोराको निधन पछि प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त

३० चैत, काठमाडौं । प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि प्रतिनिधिसभामा एक स्थान रिक्त भएको छ । सभामुख देवराज घिमिरेले रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद बोहोराको स्थान खाली भएको जानकारी दिएका छन्।

बोहराको यही चैत १९ गते निधन भएको थियो ।

नेपालको संविधानको धारा ८९ को खण्ड च बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान रिक्त हुनआएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को उपनियम २ बमोजिम सूचना प्रकाशित गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले उल्लेख गरेका छन् ।

सांसद बोहोराको उपचारका क्रममा निधन भएको थियो ।