समाचार

अहिले सहकार्य भएपनि काँग्रेसको प्रतिस्पर्धी पार्टी एमाले नै हो: वरिष्ठ नेता डा. कोइराला

३० चैत, काठमाडौँ ।  नेपाली काँग्रेसका वरिष्ठ नेता डा  शेखर कोइरालाले काँग्रेसको प्रतिस्पर्धी पार्टी एमाले भएकाका अहिले सहकार्य भएपनि खबरदारी गरिरहनु पर्ने बताएका छन्। पार्टी सभापति शेर बहादुर देउवासमेत सहभागी कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

आज शनिवार बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्ने क्रमका वरिष्ठ नेता कोइरालाले काँग्रेस सत्ता छ तर सरकारमा नरहेको बताए। एमाले नै काँग्रेसको  मुख्य प्रतिस्पर्धी भएकोले आफूहरूले सधैँ खबरदारी गरिरहने विचार व्यक्त गरे। उनले आफूहरू सरकारमा नरहेको कुरा सारजनिक मञ्चमा पटक पटक भन्दै आएको समेत बताए। 

संविधान संशोधनको विषयलाई यो सरकारले बेवास्ता गरेको नेता कोइरालाको आरोप छ। उनले संविधान संशोधन गर्ने विषय सेलाएको भन्दै संविधानको पुनरावलोकन गर्नेतर्फ सरकारले छिटो ध्यान पुर्‍याउनु पर्ने बताए।