३० चैत, काठमाडौं । नेपाल आदिवासी पत्रकार महासङ्घ (फोनिज )को सङ्घीय महाधिवेशनमा उम्मेदवारी दर्ताको लागी दस्तुर बुझाउनु पर्ने भएको छ। नेतृत्व चयनको लागी निर्वाचन कमिटीले बुझाउनु पर्ने दस्तुर सहित एक सूचना प्रकाशित गरेको छ।
सूचनामा अध्यक्ष पदको उम्मेदवारीको लागी २० हजार बुझाउनु पर्ने भनिएको छ भने वरिष्ठ उपाध्यक्षको लागी १५ हजार दस्तुर तोकिएको छ।
त्यस्तै,उपाध्यक्ष र महासचिवको लागी १० हजार, सचिव,कोषाध्यक्ष, सह कोषाध्यक्षको लागी पाँच हजार ,साथै सदस्यको लागी दुई हजार तिर्नु पर्ने उक्त सूचनामा भनिएको छ।
आदिवासी पत्रकार महासङ्घ (फोनिज )को सङ्घीय महाधिवेशन लुम्बिनीमा चलिरहेको छ।
