समाचार

वीरगन्ज झडप: २५ सुरक्षाकर्मीसहित ३३ जना घाइते, आज राति १२ बजेसम्म कर्फ्यु थप

३१ चैत, पर्सा । पर्साको वीरगन्जमा हिन्दु र मुस्लिम समुदायको झडपलाई नियन्त्रणमा लिन प्रहरीले १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर गरेको बताइएको छ। आज पत्रकार सम्मेलन गरेर पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका हुन्। 

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार सो घटनामा ३३ जना घाइते भएका छन्।  सुरक्षाकर्मी तर्फ २५ र आठ जना प्रदर्शनकारी गरी ३३ जना घाइते भएको र घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ। 

उक्त घटनालाई नियन्त्रणमा  लिन १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर गर्नु परेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए। 

झडपपछि वीरगन्ज महानगरपालिका क्षेत्रभित्र साँझ ७ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म कर्फ्यु लगाइएको थियो । स्थिति सामान्य नभएको भन्दै प्रशासनले आज राति १२ बजेसम्म कर्फ्यु थप गरेको छ। ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म कर्फ्यु लगाइएको थियो । स्थिति सामान्य नभएको भन्दै प्रशासनले आज राति १२ बजेसम्म कर्फ्यु थप गरेको छ।