३१ चैत, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तत्कालीन सभापति रवि लामिछानेले आफूलाई थुना मुक्त गर्नु पर्ने भनी सर्वोच्च अदालतमा दर्ता गराएको निवेदनमाथि सुनुवाइ आज हुने भएको छ।
श्रीमती निकिता पौडेलमार्फत दर्ता गराएको निवेदन न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले हेर्ने भएको हो।
उक्त निवेदन पहिलो नम्बरमा परेको बताइएको छ। लामिछाने हाल भैरहवा कारागारमा छन्। उनले आफू बाहिरै बसेर मुद्दा लड्न पाउने पर्ने भन्दै श्रीमती मार्फत निवेदन दर्ता गराएका थिए।
लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले यसअघिको आदेश खारेज गर्दै पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको थियो।