समाचार

शिक्षकका मागको लागि शिक्षामन्त्री अर्थ मन्त्रालयमा- विधेयक संसदमा ल्याउने तयारी

३१ चैत, काठमाडौँ । शिक्षकमाग सम्बोधनका लागि शिक्षामन्त्री विद्या भट्टराई अर्थ मन्त्रालय पुगेकी छन्।

शिक्षकका सेवा सुविधामा स्रोत व्यवस्थापन आवश्यक भएकाले अर्थ मन्त्रालयसँग समन्वय गरिएको हो।

सरकार र शिक्षकबीच संवाद जारी छ। शिक्षा विधेयक संसदको आगामी अधिवेशनको पहिलो साता पेस गर्ने तयारी छ। केही माग नयाँ बजेटमार्फत समाधान गरिने शिक्षा मन्त्रालयले जनाएको छ।