समाचार

रविको निवेदन माथि सर्वोच्च अदालतमा सुनुवाइ जारी

३१ चैत, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन सभापति रवि लामिछानेले आफूलाई थुना मुक्त गर्नुपर्ने भनी श्रीमती निकिता पौडेलमार्फत दर्ता गराएको निवेदन उपर सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

 न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा सुनुवाइ भइरहेको हो। 

उनले आफूलाई थुना बाहिर रहेर मुद्दा लड्न पाउनु पर्ने भन्दै श्रीमती निकिता मार्फत सर्वोच्चमा निवेदन दर्ता गराएका थिए। 

उनलाई सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले यसअघिको धरौटीमा छाड्ने आदेश खारेज गर्दै पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको थियो। 

लामिछाने हाल भैरहवा कारागारमा छन्।