३१ चैत, काठमाडौँ । गत चैत २० गते देखि आन्दोलनरत शिक्षक महासङ्घको प्रदर्शन आज १२ औँ दिन पनि जारी रहेको छ। विरोधका विभिन्न तरिका अपनाएका शिकक्षकहरुले आज पनि सडकमा उत्रिएर आफ्ना मागबारे सरकारको ध्यानाकर्षण गराएका हुन्।
विद्यालय शिक्षा ऐनको माग गर्दै आज पनि माइतीघर देखि बानेस्वरसम्म नारा जुलुस गर्दै प्रदर्शन गरेका छन्। एकातिर सरकारसँग वार्ता पनि गर्दै अर्कोतर्फ आन्दोलनलाई पनि निरन्तरता दिने रणनीतिका साथ सरकारलाई दबाब बढाई रहेका छन्।
शिक्षक महासङ्घको नेतृत्वमा निरन्तर आन्दोलनमा रहेको शिक्षकहरूको माग पुरा गर्न मन्त्रालयले चासो देखाएको छ। मन्त्रालय तहबाट गर्न सकिने समस्याको बारेमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले अर्थ मन्त्रालयसँग आज वार्ता समेत गरेको बुझिएको छ।
यदि सरकारपक्षबाट शिक्षकहरूको मागलाई सम्बोधन गर्ने आधार तय भएमा शिक्षक आन्दोलनको स्वरूप पनि फरक हुनसक्ने बताइएको छ।