३१ चैत, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका तत्कालीन सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा दर्ता गराएको निवेदनमाथि आज सुनुवाइ भएको छ।
सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले सुनुवाइ गर्दै उच्च अदालतले गरेको फैसलाको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो। लामिछानेको तर्फबाट उनकी पत्नी निकिता पौडेलले सर्वोच्चमा निवेदन दर्ता गराएकी थिइन् । उक्त निवेदनको आज प्रारम्भिक सुनुवाइ गर्दै कैफियत प्रतिवेदन मगाउने आदेश आएको हो।
लामिछानेलाई थुनामा पठाउनु पर्ने आधार र कारण सहितको फैसलालाई कानुनी भाषामा कैफियत प्रतिवेदन भनिने गरिन्छ। सो प्रतिवेदन अध्ययन पश्चात् लामिछानेलाई थुनामुक्त गर्ने या उच्चकै आदेशलाई सदर गर्ने भन्नेबारे अर्को सुनुवाइमा टुंगो लाग्नेछ।
लामिछाने हाल भैरहवा कारागारमा छन्।