३१ चैत, काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिले विद्यालय शिक्षा विधेयकका ९१ दफामा सहमति जुटाएको छ। १७५८ संशोधन भएका विधेयकको ७२ दफामा छलफल जारी रहेको छ, जसमा सहमति जुटाउने प्रयास भइरहेका छन्।
हालसम्मका सहमतिहरू सार्वजनिक नगरेको भएपनि, उपसमितिले विधेयकमा रहेका विवादास्पद मुद्दाहरूमा सहमति ल्याउने उद्देश्य राखेको जनाएको छ।