४ वैशाख, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महाधिवेशन सरेको छ। आज बसेको केन्द्रीय समितिको बैठकले आगामी फागुन ७, ८ र ९ मा महाधिवेशन गर्ने निर्णय गरेको हो।
रास्वपाले यस अघि यही वैशाखमा महाधिवेशन गर्ने बताएको थियो । तर केही राजनीतिक घटनाक्रमका कारण महाधिवेशन सरेको हो।
महाधिवेशन चितवनमा हुने छ।
रास्वपाले २०८२ माघ १५ सम्म वडा देखि प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको हो।