समाचार

महासंघ र प्रधानमन्त्री ओलीबीच सात बजे हुने भनिएको छलफल किन भएन ?

५ वैशाख, काठमाडौं । लगातार १७ औं दिन देखि आन्दोलनमा रहेका शिक्षकहरुको वार्ताका लागी महासंघ र प्रधानमन्त्री केपी ओलीबीच आज सात बजे छलफल हुने भनिएकोमा हाल नौ बज्दा सम्म केहि पनि वार्ता भए नभएको जानकारी आएको छैन ।

स्रोतको अनुसार शिक्षक महासंघका प्रतिनिधि र प्रधानमन्त्री केपी ओलीबीच साँझ ७ छलफल तय गरिएको थियो। प्रधानमन्त्री आलीसंग महासङ्घ शिक्षकहरुको मागबारे जानकारी गराउने तयारीमा थियो ।

पटक पटक शिक्षा मन्त्रालयसंग वार्ता हुँदै आएपनि हालसम्म सहमति भने हुन सकेको छैन् । सरकार र महासंघले आ-आफ्ना अडान लिएका कारण आन्दोलनको यतिका दिन हुदाँसम्म सहमति हुन सकेका छैन जसका परिणाम स्वरुप लाखौँ बिध्यार्थीहरु स्कुल जाने पठनपाठन गर्नेमा बिञ्चत भएका छन् ।

यो समाचार तयार गर्दासम्म प्रधानमन्त्री र महासंघ बिच वार्ता भएको जानकारी आएको छैन ।