समाचार

आफू रास्वपाको महामन्त्री भएको भन्दै मुकुल ढकाल पुगे सर्वोच्च अदालत, आजै पेसी तोकियो 

१२ असार, काठमाडौँ। आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा फर्काउन मुकुल ढकाल सर्वोच्च अदालत पुगेका छन्।  उनले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा फर्काउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको हो। 

सर्वोच्चले रिट निवेदन सुनुवाइ गर्न आज  इजलास तोकिएको छ।

उनले रास्वपाका सभापति रवि लामिछाने, महामन्त्री कवीन्द्र बुर्लाकोटी, प्रवक्ता मनीष झालगायतलाई विपक्षी बनाई हिजो बुधबार रिट निवेदन दर्ता गराएका थिए। ढकालको रिटलाई  न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको बताइएको छ। 

ढकालले निर्वाचन आयोगको अभिलेखमा आधिकारिक रुपमा अफूनै महामन्त्री र प्रवक्ता भएकाले त्यसलाई यथावत राख्न माग राखेर अदालतमा रिट दायर गरेका थिए।