१६ असार, काठमाडौं । ब्राजिल फिफा विश्वकप २०२६ को प्रि-क्वार्टरफाइनलमा पुगेको छ ।
सोमबार राति अमेरिकाको टेक्सासस्थित ह्युस्टन रंगशालामा भएको खेलमा जापानलाई २-१ गोल अन्तरले पराजित गरेर पाँचपटकको विश्वकप विजेता ब्राजिल प्रि-क्वार्टरफाइनलमा पुगेको हो ।
खेलको पहिलो हाफमा जापानले १-० गोलको अग्रता कायम गरेको थियो । जापानका खेलको २९औँ मिनेटमा जापानका कैसु सानोले गोल गरेका थिए । तर, दोस्रो हाफमा जापानले उक्त गोल रक्षा गर्न सकेन ।
५६औँ मिनेटमा ब्राजिलका कासेमिरो गोल गरेर खेल बराबरी गरेका थिए । त्यसपछि ९० मिनेटसम्म पनि खेल बराबरी भएपछि ६ मिनेट समय थप गरिएको थियो । उक्त थपिएको छैठौँ मिनेटमा ब्राजिलका गेब्रियल मार्टिनेलीले निर्णायक गोल गरे ।
योसँगै जापानको विश्वकप २०२६ को यात्रा यहीँ सकिएको छ भने ब्राजिल राउन्ड अफ १६ मा पुगेको छ ।





