७ साउन, काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले नेपाल इन्जिनियर्स परिषद्को रजिस्ट्रार नियुक्तिका लागि सीमित सूची (सर्टलिस्ट)सार्वजनिक गरेको छ।
मन्त्रालयअन्तर्गत गठित छनोट तथा सिफारिस समितिले आवेदन दिएका उम्मेदवारहरूको मूल्यांकनपछि १४ जनाको नाम सीमित सूचीमा समावेश गरेको जनाएको छ।
सूचनाअनुसार सीमित सूचीमा परेका उम्मेदवारहरूले आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण गर्नुपर्नेछ।
प्रस्तुतीकरणका लागि प्रत्येक उम्मेदवारलाई ३० मिनेट समय प्रदान गरिनेछ।
समितिले उम्मेदवारहरूको प्रस्तुतीकरण २०८३ साउन १३, १४ र १५ गते बिहान ९ बजे मन्त्रालयमा सञ्चालन गर्ने जनाएको छ।प्रस्तुतीकरणपछि योग्य उम्मेदवारको सिफारिस गरी नेपाल इन्जिनियर्स परिषद्को रजिस्ट्रार नियुक्ति प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ।





