३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काभ्रेपलाञ्चोकस्थित दुसित थानी रिसोर्टबाट काठमाडौं फर्किएका छन्।
लामिछाने शनिबार पत्नी निकिता पौडेलसहित रिसोर्ट पुगेका थिए। त्यहाँ उनले रास्वपाका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका थिए।
सुरक्षा स्रोतका अनुसार लामिछाने केही समय रिसोर्टमा बसेपछि काठमाडौं फर्किएका हुन्। अर्थमन्त्री वाग्ले भने केही समयपछि फर्किने बताइएको छ।
लामिछाने र वाग्ले दुवै शनिबार दिउँसो रिसोर्ट पुगेका थिए। वाग्ले दिउँसो करिब ३ बजे पुगेका थिए भने लामिछाने पत्नी निकितासहित त्यसको केही समयपछि पुगेका थिए।
पछिल्लो समय सरकार र रास्वपाबीचको सम्भावित सहकार्य तथा राजनीतिक समीकरणबारे चर्चा भइरहेका बेला सभापति लामिछाने र अर्थमन्त्री वाग्लेको भेटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। भेटमा भएको छलफलको विषय भने सार्वजनिक गरिएको छैन।





